
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् । नेपालको कुल जनसङ्ख्याको ६६.९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
१२ देखि १८ वर्षसम्मका दुई करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत रहेको छ । नेपालमा खोप अभियान सुरु भएदेखि ४ करोड १४ लाख ५६ हजार ८१२ मात्रा खोप लगाइएको छ । त्यस्तै, मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


