
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइँदै छ । उनीहरुलाई ८ वटा केन्द्रिय अस्पतालहरुबाट सो सुविधा उपलब्ध गराइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार, कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरी ८ वटा अस्पतालमा खोप टाइफाइडविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ ।
गत चैत २५ गते बैशाख ११ गतेसम्म १५ महिनामाथिका बालिकालकाहरुलाई विद्यालयहरुमा नै टाइफाइड विरुद्धको खोप अभियान शुरु गरिएको थियो । जेठ महिनादेखि टाइफाइडविरुद्धको खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


