
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टीले आज घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले घोषणापत्र सार्वजनिक गर्नुभयो ।
लोसपाको घोषणा पत्रमा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ, विश्वासनीय, गुणस्तरीय र आमजनता लगायत गरिब एवं असहाय सबैले धान्न सक्ने बनाउन विशेष व्यवस्था गरिएको छ ।
हरेक वडामा सामान्य उपचारका साथसाथै प्रसुति, सर्प दंश र हृदयघातबाट बचाउन सकिने सुविधासहितका वडा स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने घोषणपत्रमा प्रतिवद्धता जनाएको छ ।
हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, आपतकालिन सेवा सहितको कम्तिमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ । र भएका अस्पताललाई आधुनिक बनाउने पनि स्पष्ट पारेको छ ।
बालबालिकालाई घरमै गएर नियमित खोपको व्यवस्था गरिने, ज्येष्ठ नागरिकका लागि घरमै गएर कम्तिमा महिनाको एक पटक स्वास्थ्य परीक्षण गरिने र हरेक वडामा कम्तिमा दुईवटा एम्बुलेन्ससहित ग्रामीण एम्बुलेन्स सेवाको विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ।
सहज र तनावरहित स्वास्थ्य उपचारको उद्देश्यले हरेक नागरिकका लागि अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरिने साथै आयुर्वेदिक चिकित्सा पद्धतिलाई थप विस्तार र प्रभावकारी बनाइने घोषणापत्रमा उल्लेख छ।


नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
