
जनस्वास्थ्य सरोकार, सानोठिमी भक्तपुर । चिकित्सा शिक्षा आयोगले करिब दुई साताभित्र स्नातक तहका लागि कलजेहरुको सिट निर्धारणको टुंगो लगाउने भएको छ ।
आयोगले स्नातक तहका लागि एकिकृत प्रवेश परीक्षा लिएर नतिजासमेत प्रकाशित गरिसकेको छ । कलेजहरुले कि विश्वविद्यालयको कार्यक्रम चलाउनुपर्छ कि सिटिइभिटीको । चिकित्सिा शिक्षा ऐन अनुसार, शैक्षिक संस्थाले दुईवटा कार्यक्रम चलाउन पाइँदैन ।
आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भन्नुभयो—‘त्यसको व्यवस्थापनमा समय लाग्यो । यो क्लियर हुँदैछ । विश्वविद्यालय वा सिटिइभिटी कुनको कार्यक्रम चलाउने हो कलेज सञ्चालकहरुलाई स्पष्ट भिजन लिएर आउनुस् भनेका छौं ।’
करिब दुई साताभित्र यो समस्या समाधान गर्ने लक्ष्यका साथ आयोग अघि बढेको उपाध्यक्ष प्रा.डा. गिरीले स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


