
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो।
ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसक्नुभएको छ ।
उहाँसँग विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तंथ्याक विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


