
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि नेपालमा पनि फैलिन सक्ने भन्दै सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उँहाले भन्नुभयो, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ । हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ ।
पहिलो लहरम भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उँहाले बताउनुभयो ।
‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ उँहाले भन्नुभयो ।
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताउनुभयो । यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उँहाको भनाइ छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


