
जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
दिल्लीमा मात्रै १०७६ जनामा संक्रमण देखिएको छ। यस्तै, हरियणामा ४३९, केरलामा २५०, उत्तर प्रदेशमा १९३, कर्नाटकमा १११ जना नयाँ संक्रमित थपिएका छन्।
मंगलबार २९ सय ११ जना कोरोनामुक्त भएका छन्। हाल भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार १३७ रहेको छ। पछिल्लो २४ घन्टामा १६ लाख २३ हजार ७९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। देशमा १८९ करोड बढी मानिसले कोरोना खोप लगाइसकेका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


