
‘पढाइको सिलसिलामा मैले डेनमार्क जस्ता देशमा आधा दशक बिताएँ । त्यहाँ युरोपियन स्तरका हस्पिटल कस्ता छन् ? विदेशी लक्षित हस्पिटल कस्ता हुन्छन् ? लगायतका पक्ष बुझ्ने र जान्ने मौका पाएँ । सोही अनुसार मुलुकमा विदेशीको भरपर्दो उपचार गर्ने अत्याधुनिक हस्पिटल स्थापना गर्न सफल भएको छु । नेपाली भएर उपचारको आवश्यकता परेका विदेशी नागरिकलाई भरपर्दो अत्याधुनिक उपचार सेवा दिनुपर्छ भन्ने मेरो मान्यता हो’
सृजनशील युवा चिकित्सक डा. गिर्वाणराज तिमल्सिना श्रीद्धि इन्टरनेशनल हस्पिटलका अध्यक्ष हुनुहुन्छ । उहाँले यसलाई श्रीद्धि इन्भेष्टमेन्ट अन्तर्गत सञ्चालनमा ल्याउनुभएको छ । पेशाले डा. गिर्वाण फिजिसियन हुनुहुन्छ ।
सन् २०१६ मा ठमेल क्षेत्रमा ३ जना साथीको सहयोगमा एरा हस्पिटल सञ्चालन गर्नुभएका गिर्वाणले अहिले आफ्नै स्वामित्वमा यो श्रीद्धि हस्पिटल सञ्चालनमा ल्याउनुभएको हो ।
नेपालमा एउटा राम्रो ट्राभल मेडिसिन अस्पतालको खाँचो छ भन्ने सोचेर ट्राभल मेडिसिनबारे अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट उहाँले तालिम लिनुभएको छ । साथै गिर्वाणले नेपालमा इएमएस (इमर्जेन्सी मेडिकल सर्भिस) सेवा दिँदा हेलिकोप्टरबाट एक ठाउँबाट अर्को ठाउँमा लाँदा पर्ने सेवा सुविधाका बारेमा थायल्यान्डबाट ट्राभल मेडिसिनमा थप अध्ययन र तालिम लिनुभएको छ ।
श्रीद्धि इन्भेस्टमेन्ट कम्पनीमार्फत हेलिकोप्टर, शिक्षा र हाइड्रोपावरमा लगानी छ डा. गिर्वाणको । यस कम्पनिका सञ्चालक हुनुहुन्छ उहाँ ।

अस्पताल गेटभित्र छिर्दा..
पर्याप्त पार्किङ सुविधा, पार्किङ वरपरका डिलहरुमा ढकमक्क फूलहरु, आफ्नै क्याफेटेरिया, औषधि पसलको सुविधा । अस्पतालको वरपर भएका रुखहरुले हरियाली वातावरणको आभाष दिलाउँछ । भँगेराहरुको चिरीबिरीले मनलाई शान्त दिलाउँछ । वास्तावमा यो अस्पताल विदेशी पर्यटकहरुको उपचारमा समर्पित छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासको उत्तरगेटको पश्चिमतिर करिब २ सय मिटर हिँडेपछि पुगिन्छ श्रीद्धि इन्टरनेशल हस्पिटल जुन ४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
जब ढोका खुल्छ…
भित्ताहरु आकर्षक पेन्टिङले सजिएका छन् । आर्ट ग्यालरीजस्तो । बिरामी बस्ने कोठाहरु फाइभस्टार होटेलका जस्ता । सबै अत्याधुनिक रिमोर्टवाला वेडहरु छन् ।सबै बेडमा मोनिटरयुक्त उपकरण छन् । मेडिकल उपकरणहरु अत्याधुनिक र विश्वस्तरीय । अस्पतालमा हस्पिटालिटी र उत्कृष्ट सेवाको प्रवन्ध छ । यो विदेशी ट्राभलरहरुको लागि विशेष २५ वेडको अस्पताल हो ।
नेपाल घुम्न आउने सबैजसो पर्यटकहरुको स्वास्थ्य बिमा हुने भएकाले अल्टिटयुड सिक्नेस, ट्रमा भएर पर्यटक अस्पताल आउँदा हेली रेस्क्युदेखि सम्पूर्ण उपचार बीमाले व्यहोर्छ । श्रीद्धिमाप्राय सबै विभाग छन् । यहाँश्रीद्धि आईभिएफ सेन्टर पनि सञ्चालनमा आउँदैछ । विश्वभर मान्यता प्राप्त खोप उपलब्ध गराउने व्यवस्था पनि मिलाइँदैछ । करोडौंको लगानीमा खुलेको श्रीद्धि अस्पतालमा आवश्यक सम्पूर्ण चिकित्सक, नर्सलगायतका सबै जनशक्तिको व्यवस्था छ ।

विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउँदा सामान्य फूड पोइजनिङदेखि विभिन्न जटिल समस्याको समेत सामना गर्नुपर्ने हुनसक्छ । यसरी विदेशी पर्यटकहरु कुनै न कुनै स्वास्थ्य समस्याको मारमा परेको अवस्थामा मुलुकमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई उपचार सेवा दिने व्यवस्था राम्रोसँग मिलाइएको कमै पाइन्छ । नेपालका केही अस्पतालहरुले विदेशी पर्यटकहरुको उपचार गर्नेतर्फ अग्रसरता देखाएको भएपनि विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल भने निकै कम छन् ।
एकातिर नेपालका अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई कुन तरिकाले उपचार सेवा दिने भन्ने त्यति ज्ञान छैन भने अर्कोतिर उनीहरुका लागि आवश्यक पर्ने पर्याप्त भौतिक पूर्वाधारहरुको व्यवस्था मिलाइएको पनि पाइँदैन । मुलुकमा विदेशी पर्यटकहरु भित्र्याउने सरकारी लक्ष्यलाई केहीहदसम्म सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो । विदेशी पर्यटक लक्षित हस्पिटलका लागि महँगो लगानी चाँहिदैन । सेवा र सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ ।
विदेशी पर्यटकहरुको स्वास्थ्य सुविधाका लागि अत्याधुनिक एम्बुलेन्स सेवाको जरुरत पर्छ उनीहरु हिँडिरहन चाँहदैनन । आफू बसेको होटलमा नै स्वास्थ्य सुविधा लिन चाहन्छन् । अस्पताल भर्ना गर्नुपर्ने अवस्था भएमा रोगको प्रकृति र बिरामीको अवस्था अनुसार गर्नुपर्ने हुन्छ । यसरी विदेशी पर्यटकको उपचार गर्दा सबै विभागका चिकित्सकहरुबीच छलफल गर्नुपर्छ । यसरी विदेशी पर्यटकले भरपर्दो सेवा प्राप्त गर्न सक्छन् ।

अत्याधुनिक डाटा प्रयोग
जब उपचारको सिलसिलामा विदेशी पर्यटकहरु यस हस्पिटलमा आउँछन् । त्यसपछि बिरामीको रोगको आधारमा उनीहरुलाई भर्ना गरिन्छ । उक्त बिरामीको डाटामा बिरामीको कोड सबै व्यक्ति विवरणहरु इनपूट भएर फोल्डर बनेपछि उक्त बिरामीलाई कोड नम्बर दिइन्छ । त्यसपछि त्यस बिरामीको सबै विवरण उक्त कोड नम्बर राखेपछि सम्बन्धित चिकित्सकको कम्प्युटरमा मात्र हेर्न मिल्ने हुन्छ । यो डाटामा हरेक दिनका ल्याब रिपोर्टहरु अपडेट गरिएको हुन्छ । डाक्टरले गरेको प्रत्येक दिनको राउण्ड नोट अपडेट गरिन्छ । यसका साथै प्रोग्रेस रिपोर्ट पनि अपडेट भइरहेको हुन्छ । यसबाट विदेशी इन्स्योरेन्स कम्पनि र उक्त बिरामीको फेमिली फिजिसियनले आफ्नो बिरामीको अवस्थाबारे आफ्नो देशबाट थाहा पाउँछ । यसका लागि उनीहरुलाई उक्त बिरामीको फाइल कोड नम्बर दिनुपर्छ । विदेशी पर्यटको उपचारको सिलसिलामा विगतको सम्पूर्ण स्वास्थ्य समस्या बारेमा जानकारी लिनुपर्ने हुन्छ । यसका लागि उक्त बिरामीको फेमिली फिजिसियनसँग पनि सम्पर्क गरी बिरामीको विगतको अवस्थाबारे सम्पूर्ण जानकारी र सल्लाह लिने गरिन्छ । यसले सम्बन्धित बिरामीको उपचारमा थप मद्धत पुग्छ र बिरामीको भरपर्दो उपचार हुन्छ ।
अन्त्यमा
पर्यटकको उपचार गर्ने अस्पतालमा पाँच तारे होटेलको जत्तिकै सुविधाको व्यवस्था मिलाउनुपर्छ । सुविधासम्पन्न डिलक्स वेड, २४ सै घण्टा वाइफाई, एम्बुलेन्स, फार्मेसी सेवाको सुविधा हुनुपर्छ । अस्पताल २५ वेडको भएपनि इमर्जेन्सी युनिट अत्याधुनिक सुविधा सम्पन्न भएकाले धेरै विदेशी पर्यटकहरु उपचारका लागि आकर्षित भएका छन् ।
रोग निको हुँदै गएपछि विदेशीहरु एउटै वेडमा बसिरहन चाँहदैनन् । उनीहरु एक अर्कासँग कुरा गर्न चाहन्छन् । उनीहरुबीच एक आपसमा परिचय गर्ने, समय तालिका अनुसार औषधि खाने, चिया, कफी पिउनेलगायतका सुविधा खोज्छन् । यो सुविधालाई मध्यनजर गरी छुट्टै क्याफेटेरिया बनाइएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

