
जनस्वास्थ्य सरोकार, जेनेभा । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारी यस यसका कारण सिर्जित अन्य समस्याका कारण विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
बिहीबार सार्वजनिक अनुमानित तथ्याङ्कअनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्याङ्कभन्दा तीन गुणासम्म बढी रहेको हुनसक्ने डब्लुएचओले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संस्थाले भनेको छ, “विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार जनवरी १, २०२० देखि डिसेम्बर ३१, २०२१ को बीच कोभिड–१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सबै मृत्युको सङ्ख्या करिब एक करोड ४९ लाख रहेको देखिएको छ ।”एएफपी
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


