
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कहिले पुग्छन् पश्चिम क्षेत्र प्युठान, कहिले अर्घाखाँची त कहिले पूर्वको जनकपुर, विराटनगर । केही दिनको अस्पतालको सेवा विस्तारका कार्यक्रम सकेर फर्किन्छन् फेरि राजधानी । अस्पतालमा बस्दा पनि उनलाई फुर्सद हुँदैन ।
जतिखेर पनि अस्पतालको सेवा विस्तारका योजना बनाउनमै व्यस्त । पत्रकारसँग कुरा गर्न पनि उनी नै । कम्प्युटरमा बसेर डिजाइन बनाउन पनि त्यत्तिकै सिपालु । हँसिलो र फरासिलो स्वभाव छ ।
धेरै हाकिमहरुको अन्डरमा काम गर्नुपर्दा हरेकको सोच अनुसार चलिदिनुपर्ने बाद्यता छ उनलाई । तर जे होस् निकै सक्रिय छन् । धैर्य र साहसमा अघि बढेका छन् युवा जोसका साथ रोशन अधिकारी । नोवेल कलेजबाट हेल्थ केयर म्यानेज्मेन्टमा स्नातक गरेका उनी ह्याम्सको मार्केटिङ विभागमा विगत २ वर्षदेखि सक्रिय छन् ।
यसअघि अध्ययनको सिलसिलामा रहँदा रोशनले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटल, बुटवलको लुम्बिनी सिटी हस्पिटलमा जनसम्पर्क अधिकृत भएर काम गरेका थिए । भन्छन्—‘त्यसपछि अस्पताल व्यवस्थापनसम्बन्धि डिग्री लिन मन लाग्यो । काठमाडौंको पोखरा युनिभर्सिटीअन्तर्गतको नोबेल कलेजमा सन् २०१६ मा भर्ना भएर ४ वर्षको हेल्थकेयर म्यानेज्मेन्टसम्बन्धि स्नातक अध्ययन पूरा गरेँ ।’
उनमा दिल्लीस्थित म्याक्स हस्पिटलको म्याक्स पेसेन्ट असिस्टेन्ट सेन्टरमा काठमाडौंबाट नेतृत्व गरेको अनुभव छ । हेल्थकेयर म्यानेज्मेन्ट एजुकेस्नल कोर्ष हो जहाँ अस्पताल व्यवस्थापनलाई लक्षित गरेर अध्ययन अध्यापन हुने गर्छ । ‘भैरहवामा बीबीएस पढेर विभिन्न अस्पतालमा काम गरेको अनुभवसँगै हेल्थ केयर म्यानेज्मेन्ट अध्ययन गर्न काठमाडौं आएको थिएँ ।’
हेल्थ केयर म्यानेज्मेन्टमा अस्पताल म्यानेजम्यान्ट र प्रशासकीय टेक्निकल कोर्षको अध्ययन हुने गर्छ । फस्ट सेमेस्टरमा एनाटोमी विषय पनि अध्ययन गर्नुपर्छ । साथै हस्पिटल प्लानिङ जस्तोः फार्मेसी, एक्सरे, वार्डहरुको साइज, वेडहरुको बीचमा कति ग्याप छोड्ने ? कति वेडको अस्पताल सञ्चालन गर्न कति जनशक्तिको आवश्यकता पर्छ ? कुन तहमा कति जनशक्ति छुट्याउनुपर्छ लगायत सम्पूर्ण योजनाबारे अध्ययन हुन्छ । यसरी हेल्थकेयर म्यानेज्मेन्टमा हेल्थकेयर कानुन, न्युट्रेसनदेखि प्लानिङ, एकाउन्ट, मानव संसाधन तथा म्यानेज्मेन्टसम्बन्धि कोर्ष अध्ययन गराइन्छ ।
हेल्थकेयर म्यानेज्मेन्ट गर्दा ४ वटा इन्टनर्ससिप गर्नुपर्ने हुन्छ । जो अस्पतालमा काम नगरी फ्रेसरको रुपमा पढ्न गएका व्यक्तिले पनि इन्टर्नसिपको बेला अस्पतालको अनुभवहरु हेर्ने गर्छन् । उदाहरणका लागि तेस्रो सेमेस्टरमा अस्पतालको ओपिडी, इमर्जेन्सी र मेडिकल रेकर्ड गरी ३ वटा डिपार्टमेन्टमा काम गर्नुपर्छ । अध्ययनका सिलसिलामा नेपाल सरकारले गरेका कार्यक्रमहरु जस्तै— आमा सुरक्षा, डट्स कार्यक्रमहरुलगायत नेपाल सरकारको डाइरेक्ट नेतृत्वका कार्यक्रमको रिसर्च गर्नुपर्छ । फाइनलमा पार्टिकुलर एउटा विषय लिएर ओभरअल रिसर्च गर्नुपर्छ ।
रोशनले ‘ओपिडी पेसेन्ट वेटिङ टाइम’ मा रिसर्च गरेका थिए । भन्छन्—‘ओपिडीमा आउने वेटिङ टाइमलाई कसरी ध्यानाकर्षण गर्न भन्ने कुरा राम्रोसँग अभ्यासमा उतार्नुपर्छ ।’ यसरी अध्ययन र अभ्यास दुवै गरेर उत्तीर्ण भएको व्यक्तिले प्रखर रुपमा अस्पताल व्यवस्थापन गर्न सक्ने उनको भनाइ छ ।
रोशन भन्छन्— ‘शुरुशुरुमा इन्टर्नसिपमा जाँदा हेल्थ केयर म्यानेज्मेन्ट भनेको के हो त ? भनेर धेरैले प्रश्न गरे, धेरैले चिनेनन् र बुझेनन् । तर अहिले नेपाल सरकारले अस्पतालहरुमा पद खुलाउँदा पनि अस्पताल व्यवस्थापकको पोष्टमा रिक्वायर्ड डकुमेन्टमा अस्पताल व्यवस्थापकमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने कोडिङ गरेको छ ।’
हाल धेरै अस्पतालहरुबाट हेल्थकेयर म्यानेज्मेन्ट अध्ययन पूरा गरेका व्यक्तिको माग बढ्दो छ । विगत एक दशकदेखि हरेक अस्पतालले हेल्थकेर म्यानेज्मेन्ट अध्ययन गरेका व्यक्तिको माग गर्न थालेका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

