
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल भारतलगायत दक्षिण एसियाली मुलुकहरुमा मोटोपना, मधुमेह, उच्चरक्तचाप, क्यान्सर लगायत नसर्ने रोगको प्रकोप बढ्दो क्रममा छ । मस्तिष्कघातलाई मृत्यु र दीर्घकालीन विकलांगताको प्रमुख कारक मानिन्छ ।
प्राय पहिलोपटक मस्तिष्कघात भएकाहरुमा उच्चरक्तचाप भएको पाइन्छ । उच्च रक्तचापले सम्पूर्ण शरीरका धमनीहरूलाई क्षति पु¥याउनसक्छ । जसले नलीहरु सजिलै फुट्ने र बन्द हुन सक्छन् । त्यसैले मस्तिष्कघातको जोखिम कम गर्न उच्च रक्तचाप व्यवस्थापन गर्न जरुरी हुन्छ ।
रगतको नली जाम भएर (इस्केमिक) र रगतको नली फुटेर (हेमोरोजिक) गरी दुई प्रकारबाट मस्तिष्कघात हुने गर्छ । मस्तिष्कघात भएपछि मस्तिष्कले अक्सिजन पाउन सक्दैन र कोषहरु मर्न थाल्छन् । सोच्ने, चल्ने र काम गर्ने क्षमता कमजोर हुन्छ । मस्तिष्कघातले भाषा, स्मरणशक्ति र आँखाको दृष्टिलाईसमेत असर पुर्याउन सक्छ । गम्भीर पक्षघातले मृत्युसमेत गराउन सक्छ । रगतको नली फुटेर हुने मस्तिष्कघातको तुलनामा रगतको नली बन्द भएर हुने मस्तिष्कघातको दर धेरै हुने गरेको विश्वव्यापी तथ्याङ्कहरुले देखाउँछन् । तर हाम्रो अस्पतालमा भर्ना हुने बिरामीहरुको दर लभगभ आधा–आधा जस्तो छ ।
नली कसरी फुट्छ र जाम हुन्छ ?
रगतको नली फुट्ने र जाम हुने एउटैै कारणको दुईवटा असर हो । रगतको नलीको भित्रपट्टीको लेयरमा चोट लाग्दा र रगतको नलीमा रगत बग्ने क्रममा गडबडी हुँदा नली जाम हुने र फुट्ने गर्छ । उच्च कोलेस्ट्रेरोल, उच्च रक्तचाप, वंशाणुगतलगायत विभिन्न कारणले रगतको नलीमा समस्या आउनसक्छ । मस्तिष्कघात हुनमा उच्च रक्तचापको एउटा कारण मात्र हुँदैन । उच्च रक्तचापसँगै शरीरमा हुने चिल्लोपना, धुम्रपान, मदिरा सेवन, रगतका नली सम्बन्धि विभिन्न समस्या कारण हुनसक्छन् । उच्च रक्तचापको औषधि सेवन गरिरहेका र अनियन्त्रित रक्तचाप भएकाहरुलाई मस्तिष्कघात हुने सम्भावना दुवैमा रहन्छ ।

तर औषधि सेवन गरेर रक्तचाप नियन्त्रण गर्नेहरुको तुलनामा अनियन्त्रित रक्तचाप हुनेहरुलाई मस्तिष्कघात हुनसक्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिएर उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । शरीरमा चिल्लोपनाको मात्रा कम गराउनुपर्छ । धुम्रपान र मदिरापानको सेवन गर्न हुँदैन ।
समस्या र उपचार
आँखाले देख्न नसकिने रगतका नलीहरु फुट्ने समस्या धेरैलाई हुने गरेको पाइन्छ । एउटा हात नचल्ने वा दुवै हात–खुट्टा नचल्ने र बोलीमा गडबडी आउँछ । रगतको नलीमा रगत आपूर्ति कम भएर हुने समस्या हो यो । यस्तो अवस्थामा बेस्सरी टाउको दुख्ने, बान्ता हुने समस्या हुन्छ ।
कतिपय बिरामी सानो नली फूटी रगत जमेर आउँछन् भने अस्पतालमा आउने आधा जति बिरामी त ठूलो नली फूटी रगत जमेर आइपुगेका हुन्छन् । उनीहरुलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार शुरु गर्नुपर्छ भने करिब २० देखि ३० प्रतिशतलाई जोगाउन शल्यक्रियाको जरुरत पर्छ । रगतको नली बन्द भएर समयमा नै अस्पताल गई रगतको नली खोल्ने उपचार (इन्टरभेन्सन रेडियोलोजी) गर्नुपर्छ र यो सुविधा हाम्रो हस्पिटलमा उपलब्ध छ ।
रगतको नली फूटेर दिमागमा ३० एमएल भन्दा कम रगत जमेका बिरामीहरुलाई सपोर्टिङ उपचार गरेर निको पार्न सकिन्छ । यदि ५० एमएल भन्दा बढी रगत जमेका कम उमेरका बिरामीहरु भएमा शल्यक्रिया गरेर ज्यान बचाउनुपर्छ । त्यस्तै ३० देखि ५० एमएलसम्म रगत जमेका बिरामी बिना शल्यक्रिया निको हुनसक्छन् वा अवस्था बिग्रेको खण्डमा चेतनास्तर दृष्टिगत गरेर शल्यक्रिया गर्न पनि सकिन्छ ।
लक्षण र रोकथाम
मस्तिष्कघात र हृदयघातको कुनै संकेत हुँदैन । कुनै पनि बेला हुनसक्छ । बढ्दो उमेरसँगै समस्या आउने सम्भावना पनि बढ्दै जान्छ । त्यसैले यसप्रति सतर्क हुनुपर्छ । जोखिम कारकलाई नियन्त्रण गर्नुपर्छ ।
४० वर्ष नाघेकाहरुले रक्तचाप, मधुमेह नियन्त्रणमा राख्ने र शरीरमा मेटाबोलिजमको प्यारामिटर जाँच गर्नुपर्छ । यसका साथै हरेक दिन बिहान कम्तिमा ३० देखि ४५ मिनेटसम्म व्यायाम वा हिड्ने गर्दा जोखिम घटाउन मद्धत गर्छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
