नेभिगेशन

६५ वर्षमै वृद्धभत्ता र सुत्केरीलाई ५ हजार भत्ता दिने काँग्रेसको प्रतिवद्धता

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसले सुत्केरीलाई पाँच हजार भत्ता दिने बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले कांग्रेसले निर्वाचनमा विजय हांसिल गरेमा सुत्केरीलाई पाँच हजार भत्ता बताउनुभयो । साथै उहाँले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाउनुभएको छ ।


उहाँले भन्नुभयो–‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ। अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने। किनभने अहिले ७१ वर्ष सरदर आयू पुग्या छ। त्यो पनि ठूलो उपलब्धी हो। कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयू ५४ वर्ष थियो। त्यसलाई हामीले नै बढाएका हौं ।’

महतले थप्नुभयो– ‘जोचाहिँ हुने खाने छन्, उनीहरू ८०–८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि। जो गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयू ७१ वर्ष पनि छैन। उनीहरू ७० नै पुग्न पाउँदैनन्। त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ। त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट