
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले हप्तामा दुई दिन अस्पताल र स्वास्थ्य संस्थामा बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।
गृहमन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार अस्पताल र स्वास्थ्य संस्थामा बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।
यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ः३० बजेदेखि बेलुका साढे ५ः३० बजेसम्म हुनेछ ।
यस्तै निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


