
जनस्वास्थ्य सरोकार, दुनै । चुनावी सुरक्षाका लागि उपल्लो डोल्पामा खटिएका म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको छ।
जिल्लाको ठूलीभेरी नगरपालिका –७ घर भएका २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो। उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो।
मृत्यु भएका म्यादी प्रहरीको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम दुनै ल्याउने तयारी भएको छ। तर, बोकेर ल्याउन सकिने अवस्था नभएपछि हेलिकोप्टरको माग गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो।
निर्वाचन सेलको बुधबार बसेको बैठकले पोस्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकाले हेलिकप्टर माग गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
