
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णय अनुसार आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ। अस्पतालमा आजबाट आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो।
केही अस्पतालहरुले भने आइतबार पनि ओपिडी सेवा दिने निर्णय गरेका छन्। कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पतालले आइतबार पनि ओपिडी सेवा दिने निर्णय गरेका छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


