
जनस्वास्थ्य सरोकार, सोल । उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ ।
राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतवार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ ।
यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिनु भएको छ । उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
