
जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्।
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठ्नुभएको थियो । आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गर्नुभएको हो ।
आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजक समेत हुनुहुन्थ्यो । उहाँ नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरी, सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी पुनम चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


