नेभिगेशन

नर्स बिमला नाइटिङगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको हो।

हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि, एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स र नेपाल भेन्टिलेटर्सले संयुक्त रूपमा अवार्ड प्रदान गरेका हुन्। यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्।

पहिलो पटक श्रेष्ठलाई यस किसिमको अवार्ड प्रदान गरिएको हो। आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।


श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि सेवा दिँदै आउनुभएको छ । उहाँ हाल त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख,आइसियु विभागमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट