
जनस्वास्थ्य सरोकार, सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ ।
यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।
यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ ।
यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएको छ ।
संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।सिन्ह्वा
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
