
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको प्रशासन प्रमुखको पद छाडेर निर्वाचनमा होमिनुभएकी अनिता लामा बुढानीलकण्ठ नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँ एमालेका तर्फबाट उपमेयरमा निर्वाचित हुनुभएको हो ।
लामाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमिला वाग्लेलाई पराजित गर्नुभएको हो । लामाले कुल १४ हजार ३१४ मत ल्याउनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी वाग्लेले भने ११ हजार ९७२ मत प्राप्त गर्नुभएको थियो ।
बुढानीलकण्ठको प्रमुख र अधिकांश वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


