
जनस्वास्थ्य सरोकार, काठमाडौं । लामो समय स्वास्थ्य क्षेत्रमा सेवा गरेर राजनीतिमा होमिनुभएका राजकुमार महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका महतोले ३ हजार ९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँले निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियालाई ४५९ मतअन्तरले पराजित गर्नुभएको हो । उहाँका प्रतिद्धन्दी मुखियाले ३ हजार ५३६ मत प्राप्त गर्नुभयो ।
राजकुमार लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्नुभएको छ । उहाँले सभे द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन लगायतका संस्थामा रहेर काम गरिसक्नुभएको छ । उहाँ जनस्वास्थ्य र पोषणविद् हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


