
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतबार पनि नियमित सेवा दिन भएको छ। अस्पतालले बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा सञ्चालन गर्ने भएको हो ।
अस्पतालले बिहीबार सूचना निकाल्दै आइतबार बिदा नहुने र पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित हुने जानकारी दिएको छ ।
शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन यस अस्पतालको बहिरंग सेवा लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत रुपमा नियमित सञ्चालन हुने व्यहोरा सम्बन्धित जानकारीका लागि अनुरोध छु अस्पतालकी निर्देशक डा मनिया रावलद्वारा जारी सूचनामा भनिएको छ।
यसअघि वीर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति अस्पतालपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल लगायतले आइतबार बिदा नदिने निर्णय गरेका थिए।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


