
जनस्वास्थ्य सरोकार, दैलेख । दैलेखको दुल्लू नगरपालिकाले गर्भवति तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।
दुल्लू नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भरत प्रसाद रिजालले पदभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती तथा प्रसूति महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको हो ।
उपचारको क्रममा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार अन्य अस्पतालसम्म पुग्नको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उल्लेख छ।
उपचारका लागि बाहिर जानुपर्ने अवस्थामा दुल्लु अस्पतालको सिफारिसमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


