
जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमति भएपछि यहाँ कूल संक्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ ।
यस समयमा भारतमा ७७५ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना संक्रमण निको भएको छ ।-रासस
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


