
जनस्वास्थ्य सरोकार, विराटनगर । मोरङको विराटनगर–६ रामपुरमा १५ शय्याको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरियाट्रिक अस्पताल’ निर्माण गर्न लागिएकोे छ।
एक बिघा जग्गामा २५ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध गराइने भएको छ । अस्पताल निर्माणका लागि स्व अधिकारीका श्रीमती, छोराहरु सरोज तथा सञ्जिव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।
अस्पतालको सोमबार शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्ने बताउनुभयो । पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले अनुगमन गरी ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यकपर्ने स्वास्थ्योपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
विराटेश्वर वृद्धाश्रमका प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाईं, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा नाराण कोइराला र रुक्मणि कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो । उक्त अस्पताल निर्माणका लागि आश्रम प्रमुख अर्यालले सर्वसाधारणसँग दैनिक ५ रुपैयाँ सङ्कलन गर्नाका साथै सङ्घीय, प्रदेश, स्थानीय पालिका तथा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने लक्ष्य लिइएको छ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
