
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज। मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।
मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिवको टोली अस्पतालमा आउने र त्यसैका आधारमा अङ्क दिने गरिएको छ । गत वर्ष पनि भेरी अस्पताल ६१ अङ्क पाएर उत्कृष्ट भएको थियो ।
रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
