
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित हुनुभएको छ ।
स्वीजरल्याण्डको जेनेभामा जारी ७५ औँ विश्व सम्मेलनमा डब्लुएचओका सदस्य राष्ट्रहरुले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो।
डा टेड्रोस सन् २०१७ मा पहिलो पटक पाँच वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँ फेरि थप पाँच वर्षका लागि महानिर्देशकमा निर्वाचित हुनुभएको हो ।
यसपटक महानिर्देशक पदका लागि डा टेड्रोस मात्र उम्मेद्वार हुुनुहुन्थ्यो। मंगलबार निर्वाचित भएपनि डा टेड्रोसले दोस्रो कार्यकाल आगामी १६ अगष्टदेखि सुरु हुने छ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


