जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।
देशभरबाट १ हजार ८८९ नमूनाको पीसीआर र ८२८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पीसीआरबाट ४ र एन्टिजेनबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार, बुधबार थप ९ जना कोरोनामु्क्त भएका छन्। यो सँगै हाल सम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ।
मन्त्रालयले हाल कोरोना सक्रिय संक्रमितको संख्या १२८ रहेको जनाएको छ।
पछिल्लो २४ घन्टामा ४७ हजार ९७९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको आँकडामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


