
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलब भत्ता नपाएको भन्दै चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरू आन्दोलनको पहिलो दिन आज अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । बिहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर धर्ना बसेका हुन्।
नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाइमा आन्दोलन थालिएको हो । चिकित्सकहरूले मासिक रुपमा पाउनुपर्ने तलब र प्रोत्साहन भत्ता माघ महिनादेखि नपाएको बताएका छन् ।
नेपालगन्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् । अधिकांशले तलब भत्ता नपाएको प्राध्यापक परिषद्का सचिव डा.अरुण महतले बताउनुभयो । यस्तै अन्य कर्मचारीले पनि तलब भत्ता नियमित पाउन नसकेको बताएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज र भोलि हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिने चिकित्सकहरूले बताएका छन् । माग सम्बोधन नभए १६ गतेदेखि आंशिक रुपमा ओपिडी सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।
अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले नियमित तलब भत्ता दिन गाह्रो भइरहेको बताएको छ । प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिले पनि अस्पतालमा परिरहेकाले समयमा तलब भत्ता दिन नसकिएको बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
