जनस्वास्थ्य सरोकार, भक्तपुर । नेपालमा किशोरावस्थाका व्यक्तिहरु सूर्तिजन्य पदार्थको कुलतमा दिनप्रतिदिन फसिरहेका छन् । यसैलाई दृष्टिगत गरी सूर्तिजन्य पदार्थरहित दिवसका दिन भोलि मे ३१ गते भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले वाकथुन कार्यक्रमको आयोजना गर्दैछ ।

सूर्तिजन्य पदार्थको नकारात्मक असरबारे किशोरावस्था र युवावस्थाका व्यक्तिहरुलाई सचेत गराउन वाकथुनको आयोजना गरिएको अस्पताल व्यवस्थापक वर्षा कोइरालाले बताउनुभएको छ । ‘सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरका कारण हजारौंको मृत्यु हुने गरेको छ’—उहाँले भन्नुभयो— ‘धुम्रपानबाट हुने हानिबारे गल्ली समुदायमा जनचेतना डिस्प्ले गर्दैछौं ।’
धुम्रपानको सेवनले क्यान्सरका साथै मुटु रोगजस्ता स्वास्थ्यसम्बन्धि समस्याहरु बढाइरहेको छ ।
वाकथुन कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी, कलाकार, पत्रकार, समाजसेवी, राजनीतिज्ञको सहभागिता रहनेछ । च्यामासिंहबाट शुरु गरेर भक्तपुरका गल्लीहरु परिक्रमा गर्दै भक्तपुर दरवारस्क्वायर हुँदै पाँचतले मन्दिरमा पुगेर वाकथुन समापन गरिने व्यवस्थापक कोइरालाले जानकारी दिनुभयो ।
काठमाडौं क्यान्सर सेन्टर भक्तपुर च्यामासिंह चोकबाट ३ किलोमिटर टाढा पर्छ । यो ५० वेडको क्यान्सर हस्पिटल हो । रेडियोथेरापीबाट सेवा शुरु गरेको सेन्टरले अहिले ६ वर्ष पूरा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हरेक वर्ष धुम्रपान र त्यसको उद्योगसँग सम्बन्धित एक विशेष मुद्दालाई लिएर विश्व धुम्रपान रहित दिवस मनाउँदै आएको छ । विश्व धुम्रपान रहित दिवस २०२२ को नारा ‘वातावरणको संरक्षण गरौं’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने मृत्युको संख्यामा निरन्तर र तीव्र वृद्धिलाई ध्यानमा राख्दै ७ अप्रिल १९८८ मा विश्व धुम्रपान रहित दिवस मनाउन थालेको थियो । तर त्यसपछि सन् १९८८ को अर्को संकल्पपछि हरेक वर्ष मे ३१ मा यो दिवस मनाउन थालियो ।
डब्लुएचओका अनुसार, हरेक वर्ष चुरोट बनाउन ६० करोड रुख काटिने, २२ अर्ब लिटर पानी प्रयोग हुने र ८४ करोड टन कार्वनडाइअक्साइड उत्सर्जनले हावामा विश्वव्यापी तापक्रम बढाएको उल्लेख गरेको छ ।
डब्लुएचओका अनुसार, सूर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको र वातावरणलाईसमेत असर पारेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
