
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले मानव विकास सूचाङ्कमा पछि परेका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार पोषण खर्चको व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले मातृशिशु मृत्युदर घटाउन, गर्भवती महिलालाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने उल्लेख गर्नुभयो ।
त्यसैगरी पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युदर घटाउन सुरक्षित मातृत्व शिशु स्याहार पोषण र खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
