
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको संसदहरुले चर्को विरोध गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम बिमा कम्पनीलाई दिने गरी बजेटमा ल्याएको कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनुभएको हो । उहाँले अर्थमन्त्री शर्माले सरकारको बिमा नीति बुझ्न नसकेको बताउनुभयो ।
पोखरेलले स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकाले कम्पनीलाई दिनु नहुने स्पष्ट पर्नुभयो ।
त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत अघि बढाउने अर्थमन्त्री शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले समेत चर्को विरोध गर्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको बताउनुभयो ।
आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताउनुभयो । अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उहाँको भनाइ छ ।
बजेटका सिलिङका विषयमा अर्थ मन्त्रालयले छलफल गर्न सक्ने भए पनि आधारभूत कार्यक्रम नै चलाउन भने नसक्ने मन्त्री थापाले उल्लेख गर्नुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
