
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ०८ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४०५पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


