
जनस्वास्थ्य सरोकार, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौं वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शिविरको पहिलो दिन बिहीवार ९९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०१ जनाको रक्त परीक्षण, १४२ जनाको भिडियो एक्सरे र १०२ जनाको ईसीजी गरिएको छ ।
त्यस्तै शिविरमा उपचार सम्भव नभएका ५५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ। भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविर शुक्रवार पनि सञ्चालन हुनेछ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
