
जनस्वास्थ्य सरोकार, जाजरकोट । कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ।
कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो। सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ। माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताउनुभयो ।
पहिलो चरणमा एक सय माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो। विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उहाँले बताउनुभयो।
प्रदेशभरि १५ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र १४, स्वास्थ्यचौकी ३३३, सामुदायिक स्वास्थ्य इकाइ ५५, सहरी स्वास्थ्य केन्द्र २१, गाउँ घर क्ल्लिनिक १०३५, खोप क्ल्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र ११० र बर्थिङ सेन्टर ३१८ छन्।
त्यस्तै माइक्रोस्कोपी केन्द्र ४३, माइक्रोस्कोपी केन्द्र ४३, एआरटी केन्द्र पाँच, क्षयरोग उपचार केन्द्र ३६१ र आयुर्वेद अस्पताल केन्द्र १८ छन्।
रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
