
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्रीबाट फिर्ता बोलाईएका भवानीप्रसाद खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा हुनुभएको छ ।
एकीकृत नेकपा समाजवादीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको हो ।
पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् । तर स्वास्थ्य राज्यमन्त्री खापुङ भने स्वास्थ्य मन्त्रीमा बढुवा हुनुभएको हो ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीलाई दिइने बताइएको छ । पार्टीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको समेत बताइएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
