
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्रीबाट फिर्ता बोलाईएका भवानीप्रसाद खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा हुनुभएको छ ।
एकीकृत नेकपा समाजवादीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको हो ।
पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् । तर स्वास्थ्य राज्यमन्त्री खापुङ भने स्वास्थ्य मन्त्रीमा बढुवा हुनुभएको हो ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिराचन्द्र केसीलाई दिइने बताइएको छ । पार्टीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको समेत बताइएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
