
जनस्वास्थ्य सरोकार, धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट ७० वर्ष माथिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको छ ।
नवनिर्वाचित पालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले ७० वर्ष माथिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचन २०७९ मा अमूल्य मतदान गर्नुहुने सम्पुर्ण मतदाता, निर्वाचनमा सहयोग पुर्याउने कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ ।
बैठकले ७० वर्ष माथिका नागरिक, पुर्णअपाङ्ग, ६५ वर्ष माथिका अल्पसङ्ख्यक, दलितहरूका लागि कार्यविधि निमार्ण गरी साउन १ गतेदेखि धनकुटा, धरान, विराटनगरका अस्पतालसम्म एक पटक पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको सहिदभुमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन प्रसाद दाहालले जानकारी दिनुभयो ।
यस्तै, अपाङ्ग परिचय पत्र वितरण समन्वय समितिमा १ जना सदस्य मनोनीत गरिएको छ । राजश्व परामर्श समितिमा १ जना महिला रहने गरी २ जना सदस्य मनोनयन गरिएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
