जनस्वास्थ्य सरोकार, काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) उपत्यका शाखामा पुण्यप्रसाद नेपालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । केमसान उपत्यका शाखाको प्रथम साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष जयराम फुँयाल, महासचिव रविकुमार कार्की, कोषाध्यक्ष दिपकप्रसाद दाहाल र सदस्यहरुमा विजय महर्जन, किरण तिमल्सिना र दिनेश कटवाल निर्वाचित हुनुभएको छ ।
केमसानका केन्द्रीय अध्यक्ष सुरेश घिमिरेले टोपी, खादासहित निर्वाचित पदाधिकारीहरुलाई पदीय प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा अध्यक्ष नेपालले केमसानको उपत्यका शाखा विस्तारले स्वास्थ्य संस्थाहरुमा हुने स्वास्थ्य सामाग्रीहरुको आपूर्तिमा संगठित रुपमा अझ नयाँ गति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

केमसानको उपत्यका शाखामा साधारण र आजिवन गरी १ सय ६८ जना सदस्य रहेका छन् ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै केमसानका अध्यक्ष सुरेश घिमिरे एवं पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य भक्त हमालले केमसानको विधान संशोधनपछि शाखा विस्तारले व्यापकता पाएको बताउनुभयो ।
केमसानका सल्लाहकार उमेश शर्मा, सुशिल थापालगायतले रसायन तथा मेडिकल आपूर्तिकर्ताहरु संगठित भएर समस्या परेका कुराको वुलन्द रुपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।






भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

