
जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन् । स्वास्थ्य शाखाले विद्यालयमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयका ५६७ र म्याग्दे–२ को राधा माध्यमिक विद्यालयका ५१६ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो । मिन माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९८ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । एक सय २३ जनामा दाँतको समस्या देखिएको छ ।
राधा माध्यमिक विद्यालयका १३१ विद्यार्थीको दाँतमा समस्या देखिएको घिमिरेले बताउनुभयो । यस्तै ६९ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । अन्य विद्यालयमा पनि शिविर सञ्चालन गरिने उहाँको भनाइ छ ।
निःशुल्क सार्वजनिक शौचालय अभियान
तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पु¥याएका हुन् । बन्दीपुरको टुँडिखेलस्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ ।
यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानको गोर्खाली मोटर्स प्रालिले पनि निःशुल्क शौचालयको सुविधा प्रदान गरेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
