
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षाको लागि नयाँ शुल्क निर्धारण गरिएको छ। १७ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौँ बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो।
नयाँ शूल्क अनुसार काठमाडौं उपत्यकाभित्र एमबीबीएस शुल्क ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ। उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ तोकिएको छ।
यस्तै, बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ शुल्क निर्धारण भएको छ। बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ।
आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङसहित ५६ ओटा विषयको नयाँ शुल्क निर्धारण गरेको छ।
शैक्षिक सत्र २०७८/७९ बाट नयाँ शुल्क लागू हुने आयोगले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

