
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय मङ्गलवार बसेको बैठकले शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो ।
बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई बुस्टर मात्रा लगाइने जानकारी दिएको छ । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।
यसैगरी, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने जनाएको छ ।
देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिने तयारी छ । अभियान अन्तर्गत सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ भने त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

