
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मेलानले बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।
स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. प्रगति भण्डारी घिमिरे, जनरल फिजिसियन डा. सुशील बोहरा र डा . सौरभ सुनारले सेवा दिनुभएको थियो ।
शिविरमा निःशुल्क औषधि वितरण, प्रयोगशाला जाँचसमेत गरिएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिनुभयो ।
यसका साथै आश्रममा आवश्यक औषधि, सेनेटरी प्याड, चामल, दाल, तरकारी, मासुलगायत रासनसमेत वितरण गरिएको मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


