
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवा) सहित स्वास्थ्यका चार सेवामा हडताल गर्न निषेध गरेको छ।
सरकारले यही जेठ २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै अस्पताल तथा स्वास्थ्य केन्द्रमा हडताल गर्न निषेध गरेको हो।
यस्तै, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवामा पनि हडताल गर्न निषेध गरेको छ।
गृहमन्त्रालयले स्वास्थ्य सेवाका यी चार सेवासहित २५ वटा सेवामा हडताल गर्न निषेधको सूचना राजपत्रमा प्रकाशित गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी ती सेवामा हडताल गर्न निषेध गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


