
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवा) सहित स्वास्थ्यका चार सेवामा हडताल गर्न निषेध गरेको छ।
सरकारले यही जेठ २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै अस्पताल तथा स्वास्थ्य केन्द्रमा हडताल गर्न निषेध गरेको हो।
यस्तै, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवामा पनि हडताल गर्न निषेध गरेको छ।
गृहमन्त्रालयले स्वास्थ्य सेवाका यी चार सेवासहित २५ वटा सेवामा हडताल गर्न निषेधको सूचना राजपत्रमा प्रकाशित गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी ती सेवामा हडताल गर्न निषेध गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
