
जनस्वास्थ्य सरोकार । क्यानडियन चर्चित गायक जस्टिन बिबर र्याम्से हण्ट सिन्ड्रोमका कारण आफ्नो अनुहारको दाहिने भाग प्यारालाइसिस भएको खुलासा गरेका छन् ।
शनिबार उनले सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै सो जानकारी गराएका हुन् । जस्टिनले आफ्नो फ्यानहरुलाई आगामी कन्सर्ट शो क्यान्सिल भएकोमा माफि पनि मागेका छन् ।
के हो र्याम्से हण्ड सिन्ड्रोम ?
चिकेन पोक्स निम्त्याउने भाइरसका कारण र्याम्से हन्ट सिन्ड्रोम हुने स्वास्थ्य विज्ञहरु बताउँछन् । भेरिसेला जोस्टर नामक भाइरसले मस्तिष्कको स्नायुमा संक्रमण गरेपछि र्याम्से हण्ट सिन्ड्रोमका लक्षण देखिने विज्ञको भनाइ छ ।
यस रोगबाट पीडित व्यक्तिको अनुहार र कान वरिपरि दागहरू आउन थल्छन ।
लक्षण
अनुहारको एकपट्टी भागल पक्षघात हुने, आँखा सुक्खा हुने, एकपट्टी कान नसुन्ने र अनुहारमा दाग आउने आदि र्याम्से हण्ट सिन्ड्रोमका मूख्य लक्षण हुन् ।
उपचार
यो रोग लागेका व्यक्तिले तुरुन्तै चिकित्सककहाँ गएर जतिसक्दो चाँडो उपचार सुरु गर्नुपर्ने विज्ञले सुझाएका छन । यसमा, डाक्टरले सबैभन्दा पहिले दुखाइबाट छुटकारा पाउन औषधि दिन्छन । यसको सेवनले चक्कर लाग्ने जस्ता समस्याबाट मुक्ति मिल्छ । यद्यपि, रिकभरीका लागि समयमै उपचार आवश्यक पर्ने उनीहरुको भनाई छ यसका लागि सानातिना लक्षण देखिए पनि उपचार गराउनुपर्दछ । एजेन्सीबाट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
