
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानसेनापति रुकमांगद कटवालको दुवै मिर्गौला फेल भएको छ । उहाँको मिर्गौलाको प्रत्यारोपण गर्नुपर्ने भएकाले दाताको खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँले हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलाइसिस गराइरहनुभएको छ । मिर्गौला प्रत्यारोपण नभएसम्मका लागि आवश्यकतानुसार कटवालको सातामा दुईदेखि तीन पटकसम्म डाइलासिस गराइरहनुपर्ने चिकित्सकले बताएका छन् ।
पूर्वप्रधानसेनापति कटवालले मिर्गौला प्रत्यारोपण नेपालमै गराउने चाहना व्यक्त गरेको परिवारले जनाएको छ । विसं २०६६ सम्म कटवाल मुलुकको प्रधानसेनापति हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


