
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेटवर्क अस्पतालहरुको सम्मेलन काठमाडौंमा सुरु भएको छ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले हब अस्पताल र तिनका सेटलाइट अस्पताल स्थापना भएको धेरै दिन नभएपनि हब सेटलाइट अस्पतालको सञ्जाल र सक्रियता उपत्यका बाहिर न्यून रहेको बताउनुभयो ।
डा पोखरेलले सम्मेलनमा देशभरका हब र सेटलाइट अस्पतालको भोगाइ र अनुभव आदानप्रदानले हब र सेटलाइट अस्पतालका सञ्जालका मापदण्डहरूको सूक्ष्म विश्लेषण, विशेषज्ञहरूको विशेष छलफलले थप बलियो बनाइ विपत तथा स्वास्थ्य संकटकालमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


