
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व रक्तदाता दिवस । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि प्रत्येक वर्ष जुन १४ मा नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसर पारेर दिवस मनाउने गरिएको छ ।यस वर्षको रक्तदाता दिवसको नारा ‘रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ’ भन्ने तय गरिएको छ ।
मानव रक्तसमूह ८ प्रकारका हुन्छन् । रक्तदाताले दिएको रगत आवश्यकताअनुसार मेल खाने समूहको रगत भएकाहरुलाई दिने गरिन्छ ।
यसरी रगत दिनु या चढाउनु अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर परीक्षण गर्ने गरिन्छ । कसैलाई आवश्यकता परेका बखत जीवन बचाउन कुनै पनि सङ्क्रमण नभएको र शुद्ध रगत दिनुपर्छ ।
सामान्यतया एक पटक रक्तदान गरेपछि अर्को पटक ३ महिनापछि मात्रै रक्तदान गर्न मिल्छ । कम्तीमा ५० किलोग्राम तौल भएको र १८ वर्षदेखि ६० वर्षसम्मको उमेर समूहकाले रक्तदान गर्नुपर्छ भन्ने मान्यता छ । यद्यपि रक्तदाताका सीमा देश अनुसार फरक पनि हुन सक्छन् ।
उत्कृष्ट शुक्रकिट बनाउन मद्दत गर्ने टमाटर, प्रजनन क्षमतामा वृद्धि
सोमबार, जेठ १८, २०८३
स्वास्थ्यमा १ खर्ब १ अर्ब ९५ करोड:बीमा सुधारदेखि मेडिकल शिक्षासम्म सरकारका ठूला घोषणा
शुक्रबार, जेठ १५, २०८३
२१ खर्बभन्दा बढीको बजेट सार्वजनिक: स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड विनियोजन
शुक्रबार, जेठ १५, २०८३


