
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालमा भर्ना हुनुभएको छ।
मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई हातपात गरेको आरोपमा वलीलाई पक्राउ गरी मंगलबार राति बुटवल ल्याइएको थियो ।
सोही दिन राति १ बजेतिर रक्तचाप र सुगर बढेर बेहोस भएपछि स्वास्थ्य राज्यमन्त्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनुभयो ।
वलीको क्याबिनमा भर्ना गरेर उपचार भइरहेको छ । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा ढकालको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


