जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख खोप हराएको सन्दर्भमा आफ्नो प्रष्ट धारणा व्यक्त गर्नुभएको छ ।
संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप वेपत्ताबारे प्रश्न उठाएपछि मन्त्री खतिवडाले धेरै ठाउँमा आफूले तथ्य दिइसकेको स्पष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले खोप हराएको बारे पुष्टि गर्नसमेत चुनौति दिनुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा सम्बन्धित मितिमा हरेक देशबाट आएको खोपको विवरण रहेको उल्लेख गर्दै कुन मितिमा कुन खोप कहाँ कति वितरण गरेकोसमेत रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले मुलुकमा हालसम्म ५ करोड ३३ लाख खोप आएको र ४ करोड ८७ लाख डोज लगाइएको र ४६ लाख ४७ हजार खोप स्टक रहेको स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

