जनस्वास्थ्य सरोकार, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.सुजितकुमार साहलाई ७ दिनभित्र सफाइ पेश गर्न सूचना जारी गरेको छ ।

विदा स्वीकृति नगराई शाह गत वैशाख १३ गतेदेखि अस्पतालमा अनुपस्थित हुँदै आउनुभएको थियो ।
पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उहाँलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ। कारवाही गर्न नपर्ने भए सात दिनभित्र सफाइ पेश गर्न गृहद्धारा जारी सूचनामा उल्लेख छ ।
सर्लाही हरिपूर्वा नगरपालिका वडानम्बर ९ मा घर भएका साह बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


